Saturday, December 17, 2016

एपिक्युरसले भनेका थिएः सीमाना हुँदैन भने ठेगाना पनि हुँदैन - EPICURES SAID: NO BORDER NO ADDRESS

(यस ब्लगमा प्रकाशित लेखहरुका अतिरिक्त थप जानकारी लिन र भिडियोमार्फत् परीक्षण अवलोकन गर्न चाहनुहुने महानुभावहरुले हाम्रो भिडियो च्यानल Accurate Physics मा गई आवश्यक जानकारी लिन सक्नुहुनेछ)

For Watching Related Experiments, Discoveries And Inventions:

Click Here: Accurate Physics



लेख आरम्भ:-

NO BORDER NO ADDRESS

वैज्ञानिक तथा दार्शनिक एपिक्युरसको जन्म आजभन्दा २३०० वर्षपहिले भएको थियो । उनी आर्किमिडिजभन्दा एक शताब्दीधेरै पहिले जन्मेका थिए भने सुकरातभन्दा एक शताब्दीपछि । उनको समयमा दार्शनिक र वैज्ञानिकहरुको निकै राम्रो माहोल थियो । विज्ञानसम्मत र दर्शनसम्मत संस्कार थियो । त्यतिबेलाका वैज्ञानिकहरुले गरेका प्रयास र सम्पन्न गरेका थुप्रै कार्यहरु आजका वैज्ञानिकहरुका लागि आधारहरु बनेका छन् । 


वैज्ञानिक तथा दार्शनिक एपिक्युरसको धारणा आजसम्म पनि भौतिक विज्ञानमा कतै न कतै सम्बन्धित भएर आएको छ । इनर्सियाको नियममा निहित केही पक्ष उनका विचारसँग जोडिन पुग्छन् । उनले ब्रमाण्डको स्थिति र गतिबारे विभिन्न कोणबाट विचारविश्लेषण गरेका थिए । यो ब्रह्माण्ड कत्रो होला ? ब्रह्माण्डका तुलनामा यसभित्रका ग्रह, तारा आदिको स्पेश र स्थान कति होला ? जस्ता विषयमा उनले आफ्ना धारणा राखेका थिए । सीमानाहीन अवस्थामा अवस्थित वस्तु वा विषयको ठेगाना नहुने धारणा उनको रहेको थियो ।


वैज्ञानिक तथा दार्शनिक एपिक्युरसले भनेका थिए, स्पेश अनन्त छ भने यसमा निहित रुप वा स्वरुप निश्चित परिधिमा रहन सक्ने थिएन, यो भौँतारिन्थ्यो । जब कुनै रुपको सीमा हुँदैन भने उसको लक्ष्य हुँदैन, भवितव्य हुन्छ । जसको भवितव्य यात्रा हुन्छ उसको अनुमान वा मापन गर्न सक्ने दिशा र परिधि हुँदैन । मूलतः असीमित स्पेशमा सीमित रुपको यकिन गर्न सकिने प्रस्तुति हुन सक्दैन भन्ने उनको धारणा देखिन्छ ।


एपिक्युरसको दार्शनिक मान्यता आज पनि भौतिक शास्त्रीहरुका लागि अध्ययनको विषय बनेको छ । यस धारणासँग सम्बन्धित र मिल्दाजुल्दा अध्ययनहरु सदियौँदेखि भइरहेका छन् । उनले ब्रह्माण्डमा घटित घटना वा रुपहरु अवास्तविक हुन्, वास्तविक गुण अपरिवर्तनीय हुन्छ भन्ने मान्यता पनि राख्दथे । सबैभन्दा साना अंशहरुमा निहित गुणमा परिवर्तन नहुने तर तिनमा आधारित रुप वा संरचनामा अस्थिरता हुने धारणा उनको थियो । आफ्नो जीवनकालमा यस खालका धारणालाई अग्रसारण गर्ने कार्य उनीबाट भएको थियो ।

Accurate Physics: 2073/09/02

No comments:

Post a Comment

शास्त्रीय भौतिक शास्त्रका केही समीकरणहरूमा दुर्यान्तर र प्रदुर्यान्तरको प्रभाव

(यो लेख नयाँ लेख नभई मिति २०१७ जुलाई ७ मा 'भौतिक विज्ञान' नामक ब्लगमा प्रकाशित भइसकेको लेख हो । यस लेखका शब्दकुञ्जीहरू दुर्यान्तर, प...