प्रवेग एकाइ समयमा हुने गति परिवर्तनको दर हो भनेर परिभाषित गरिएको पाइन्छ । यस परिमाणलाई भौतिकीको महत्त्वपूर्ण परिमाण मानिन्छ । यसकै आधारमा बल, शक्ति, सामथ्र्य आदि भौतिक परिमाणको निर्माण गरिएको हुन्छ त्यसैले पनि यो परिमाण शास्त्रीय भौतिकीदेखि सूक्ष्म भौतिकीसम्म प्रचलित छ । यति धेरै प्रभावकारी र प्रचलित उक्त परिमाणको अस्तित्व पु्ष्टि गर्ने वैज्ञानिक आधार भने फेला परेको छैन । यहाँ प्रवेगको अस्तित्वसँग सम्बद्ध प्रकाशित पुस्तक, लेख र परीक्षणबारे जानकारी दिन छोटो चर्चा गरिएको छ ।
वि.सं. २०६७ सालमा भौतिक शास्त्रमा भएका केही त्रुटिहरूको खण्डन र समाधान शीर्षकको पुस्तक प्रकाशित छ । उक्र पुस्तकको पृष्ठ ५१७ देखि ५२० मा प्रवेग र गतिअन्तर भन्ने शीर्षक दिई प्रवेगको अस्तित्व प्रमाणित गर्ने कुनै गणितीय, परीक्षणात्मक वा वैज्ञानिक तर्कसम्मत आधार नभएको र गतिअन्तर हुनुपर्नेमा भुलवश प्रवेग भन्ने भौतिक परिमाण प्रचलनमा ल्याउनाले भोतिक विज्ञानले वास्तविक समाधान दिन चुनौती भइरहेको रहस्योद्घाटन गरिएको छ ।
उक्त पुस्तकमा साझा दुरीअन्तर (पछि गएर यसलाई दुर्यान्तर भनिएको) र साझा गतिअन्तर (पछि गएर यसलाई प्रदुर्यान्तर भनिएको) लाई परीक्षण र तालिका (८.१) सहित स्पष्ट पारिएको छ । पछि पुस्तकका अन्य सन्दर्भमा समेत गतिको अनुक्रम तयार पारी प्रवेगको त्रुटिपूर्ण प्रचलनबारे पुष्टि पारिएको छ । उक्त पूस्तकमा प्रस्तुत गरिएका उदाहरणमात्र नभएर पछि गरिएका कलङ्की परीक्षण, ललितपुर परीक्षण, चितवन परीक्षण आदिबाट पनि उक्त कुरा थप पुष्टि भएको छ । यसका साथै सुवातदेखि सुव्रतसम्म, चालका समीकरणमा दुर्यान्तर र प्रदुर्यान्तरको भूमिका आदि विभिन्न लेखमा पनि यसबारे चर्चा गरिएको छ । यी सबै लेख, पुस्तक तथा परीक्षणले प्रवेग भन्ने भौतिक परीमाणको विज्ञानसम्मत अस्तित्व नभएको र प्रदुर्यन्तरको अस्तित्व भएको प्रमाणित गरेका छन् । अबको वैज्ञानिक पुस्ताले अनुसन्धान गर्दा यसतर्फ सचेत हुनुपर्ने देखिन आएको छ ।
- भविन्द्र कुँवर