Accurate Physics
हामीले विभिन्न वैज्ञानिकहरुका कारुणिक जीवनीहरु पढ्छौँ । त्यस्ता दुःखकष्ट र भोगाइहरु भएका महान् वैज्ञानिकहरुमध्ये आइज्याक न्युटन पनि पर्दछन् । उनले लेखेको ‘प्रकृतिको गणितीय सिद्धान्त’ नामक पुस्तकलाई आजसम्मको भौतिक शास्त्रको इतिहासमा सबैभन्दा ठूलो घटनाका रुपमा स्वीकार गरिन्छ । खासमा न्युटनका जीवनसँग सम्बन्धित केही यस्ता कुराहरु छन् तीबारे हामीले कमै ध्यान दिन्छौँ । यहाँ यसबारे छोटो जानकारी दिइएको छ ।
सर आइज्याक न्युटनको जन्म सन् १६४२ डिसेम्बर २५ मा भएको थियो । कतै उनको जन्म सन् १६४३ जनवरी ४ मा इगंल्यान्डको बुल्सथाँर्प नामक गाउँको एउटा सामान्य किसान परिवारमा भएको र मृत्यु सन् १७२७ मार्च ३१ मा भएको भएको भनी उल्लेख गरिएको पनि पाइन्छ । सानोमा उनको जीवन निकै दुःखकष्टपूर्ण तवरले बितेको देखिन्छ । उनी यो धर्तीमा पाइला टेक्दा उनका बाबुको मृत्यु भइसकेको थियो र केही वर्षमै उनकी आमाले उनलाई छाडेर गएकी थिइन् ।
बाबु मरेको तीन महिनापछिमात्र आइज्याक न्युटनको जन्म भएको थियो । न्युटन तीन वर्षका हुँदा उनकी आमाले अर्को बिहे गरिसकेकी थिइन् । उनकी आमाले फेरि अर्को बिहे पनि गरेकी थिइन् । न्युटनका दुई वटा सौतेला बाबुहरु थिए । दोस्रो पतिको मृत्युपछिमात्र उनकी आमाले तीनवटा बच्चा लिएर पहिलेको घरमा फर्केकी थिइन् । सानैमा माया नपाएका एक व्यक्ति आज संसारका एक महान् वैज्ञानिक बन्न पुगे । यो संसार रहँदासम्म भौतिक शास्त्रको इतिहासमा सबैभन्दा ठूलो घटना घटाउने एक वैज्ञानिकको योगदान कसैले पनि बिर्सनेछैनन् ।
From: Accurate Physics, Facebook Page.
No comments:
Post a Comment